यस्तो छ सांसद भण्डारीको पछिल्लो अवस्था
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ । अहिले भण्डारीको सबै स्वास्थ्य प्यरामिटरहरू सामान्य रहेको उनका दाजु मीन भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा निधन भएको थियो।
भण्डारीको उपचार नेपालमा सम्भव नभएपछि चिकित्सकको सल्लाहमा भारतको मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा लगिएको थियो । डाक्टर र अस्पताल प्रशासन द्वारा आगन्तुकहरूलाई कडाइका साथ निषेध गरिएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया