NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आइसिसी विश्वकप लिग–२ : युएईसँग भिड्दै आज नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल घरेलु टोलीसँग भिड्दैछ । यो सिरिजको अन्तिम खेल हो ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार अहिले बिहान ११ः४५ बजे सुरु हुँदैछ ।

यस सिरिजमा दोस्रो पटक दुई टिम भेट हुन लागेका हुन् । पहिलो खेलमा नेपाल नेपाल यूएईसँग पराजित भएको थियो ।

आजको खेलमा नेपाल बदला लिने दाउमा हुनेछ भने युएई जितको निरन्तरताको खोजीमा ।

नेपालको तर्फबाट आज रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा र सोमपाल कामी मैदानमा उत्रिनेछन् । त्यसैगरी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र सन्दीप लामिछानेले पनि युएईविरुद्ध खेल्नेछन् ।

२०१९ देखि विश्वकप लिग टूको सिरिज जारी छ । नेपालका लागि यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो ।

नेपालले यसअन्तर्गत हालसम्म ३१ खेल खेल खेलेकोमा १४ मा जित र १५ मा हार व्यहोरेको छ । ३० अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई पाँचौं स्थानमा छ ।