आइसिसी विश्वकप लिग–२ : युएईसँग भिड्दै आज नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल घरेलु टोलीसँग भिड्दैछ । यो सिरिजको अन्तिम खेल हो ।
खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार अहिले बिहान ११ः४५ बजे सुरु हुँदैछ ।
यस सिरिजमा दोस्रो पटक दुई टिम भेट हुन लागेका हुन् । पहिलो खेलमा नेपाल नेपाल यूएईसँग पराजित भएको थियो ।
आजको खेलमा नेपाल बदला लिने दाउमा हुनेछ भने युएई जितको निरन्तरताको खोजीमा ।
नेपालको तर्फबाट आज रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा र सोमपाल कामी मैदानमा उत्रिनेछन् । त्यसैगरी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र सन्दीप लामिछानेले पनि युएईविरुद्ध खेल्नेछन् ।
२०१९ देखि विश्वकप लिग टूको सिरिज जारी छ । नेपालका लागि यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो ।
नेपालले यसअन्तर्गत हालसम्म ३१ खेल खेल खेलेकोमा १४ मा जित र १५ मा हार व्यहोरेको छ । ३० अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई पाँचौं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया