सुटिङका क्रममा अमिताभ बच्चन घाइते
काठमाडौं (एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका क्रममा घाइते भएका छन् । उनको करङमा चोट लागेको छ ।
फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । फिल्मको एक एक्सन दृश्य सुटिङका क्रममा आफ्नो करङमा चोट लागेको बच्चनले बताएका छन् । चोटका कारण स्वास फेर्न तथा हिँड्डुल गर्न बच्चनलाई समस्या परेको छ ।
चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेका बच्चनले सबै भेटघाट र निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया