सुटिङका क्रममा अमिताभ बच्चन घाइते
काठमाडौं (एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका क्रममा घाइते भएका छन् । उनको करङमा चोट लागेको छ ।
फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । फिल्मको एक एक्सन दृश्य सुटिङका क्रममा आफ्नो करङमा चोट लागेको बच्चनले बताएका छन् । चोटका कारण स्वास फेर्न तथा हिँड्डुल गर्न बच्चनलाई समस्या परेको छ ।
चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेका बच्चनले सबै भेटघाट र निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया