NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नेयमारले गुमाउने भए सिजनका बाँकी खेल

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारले यस सिजनका बाँकी खेलहरू गुमाउने भएका छन् ।

लिग वानअन्तर्गत लिलविरुद्ध फेब्रुअरी १९ मा भएको खेलमा नेयमारको एंकलमा चोट लागेको थियो । चोटपछि एंकलको शल्यक्रिया गरिएकाले सिजनका बाँकी खेल उनले गुमाउने भएका हुन् ।

लियोनल मेस्सी, केलियन एमबाप्पे पनि पिएसजीमा आबद्ध रहेकाले उनीहरूले नेयमारको अभाव खड्किन नदिने फरवार्ड लाइन सम्हाल्नेछन् ।