‘प्रभु स्मार्ट फन्ड’ को इकाइमा आवेदन दिने समय थप
काठमाडौं । ‘प्रभु स्मार्ट फन्ड’ को इकाइमा आवेदन दिने समय थप भएको छ । अब सो इकाइमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले फागुन १८ गतेबाट बिक्री खुला गरेको हो । प्रभु क्यापिटलले प्रभु म्युचुअल फन्डअन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो ।
जसमध्ये १४५ अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १५ अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । फन्डमा न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।
यो १० वर्षे बन्दमुखी योजना हो । यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिन्छ ।
ताजा अपडेट
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
-
बिहीबारदेखि यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
प्रतिक्रिया