महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु काठमाडौंलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको छ । मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा प्रहरी चेकिङ्ग गर्न सहयोग पु-याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो ।
सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
त्यसैगरि बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेशन ज्याकेट हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पु¥याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ ।
बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया