महिला स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए।
उनका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ । सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने उनको भनाइ छ । सम्मेलनमा यौन, तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यकपर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा छलफल हुने उनले जानकारी दिए ।
विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले महिला स्वास्थ्यमा प्राप्त भएका उपलब्धि, चुनौती तथा अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कको सम्मेलनमा छलफल हुने बताए । महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त बनाउनका लागि अनुसन्धान, क्षमता, अभिवृद्धि, नीति निर्माण र पैरबीबीच अन्योन्याश्रिक सम्बन्धलाई थप बलियो बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको उनले बताए।
सम्मेलनमा महिला स्वास्थ्यबारे ८५ वटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा देशभरिका महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैरसरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका तीन सयभन्दा बढी प्रतिनिधिको सहभागी हुनेछ ।
सम्मेलनमा महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्धान, एवम् विज्ञ र कार्यक्रमका कार्यन्वयनकर्ताबाट उपलब्ध भएका तथ्यांक, तथ्य, सिकाइ र दृष्टिकोणलाई छलफल गरिनेछ ।यस्तै महिला स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रयास र सफलतालाई पनि छलफल गरिने छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया