NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गर्मीमा कस्ता खानेकुरा खाने ?

एजेन्सी । हरेक मौसमका आ–आफ्नै विशेषता छन् । विशेषतासँगै मौसमी रोग पनि फरक–फरक छन् । गर्मीे मौसम सुरु हुनासाथ विभिन्न स्वास्थ्य समस्याहरू देखापर्न थाल्छन् ।

गर्मीमा तापक्रम बढी हुने हुँदा शरीरमा पानीको मात्रा पनि कम हुन थाल्छ । जसले गर्दा डिहाइड्रेसन, वान्ता, झाडापखाला, चक्कर लाग्ने र कमजोरी जस्ता समस्या देखापर्छन् । अर्कोतर्फ गर्मीमा खानपान नमिल्दा यसले हाम्रो पाचन प्रणाली पनि बिग्रन सक्छ ।

जसले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ र व्याक्टेरिया वा भाइरस सहजै शरीरमा प्रवेश गर्छ । त्यसैले गर्मीमा हाम्रो खानपान मौसम अनुकुल हुन जरुरी हुन्छ । बढदो तापक्रममा शरीरलाई उपयुक्त हुने खानपान गर्दा यसले शरीर फूर्तिलो र स्वस्थ हुन्छ ।

यस्ता छन् गर्मीमा खानुपर्ने खानेकुराहरू

मेवा

हरेक मौसममा ताजा फलफूल स्वास्थ्यका लागि लाभदायिक हुन्छ । गर्मी मौसममा तापक्रम बढने हुँदा मेवा खानु फाइदाजनक मानिन्छ । यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै पानीको कमी पनि पूरा गर्छ । मेवामा पाइने फाइबरले शरीरलाई सन्तुलनमा राख्छ ।

नरिवलको पानी

नरिवलको पानी पनि गर्मीमा खानुपर्ने एक पेय पदार्थ हो । यसमा प्रशस्त मात्रामा पौष्टिक तत्व हुन्छ । जसले शरीरमा डिहाइड्रेसन हुन दिदैन । नरिवलको पानीमा शरीरलाई ‘डिटोक्सिफाइ’ गर्ने गुण पनि हुन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ।

खरबुजा

खरबुजा गर्मीको मौसमी फल हो । यसको सेवन पेटका लागि फाइदाजनक छ । खरबुजामा हने एन्टिअक्सिडेन्ट र फाइबर एसिड रिफ्लक्स गुणले शरीरमा धेरै प्रकारका आवश्यक तत्वको कमी पुरा गर्छ । यसको सेवनले ग्यास र एसिडिटीको समस्याबाटसमेत राहत मिल्छ ।

केरा

केरामा पाइने आइरन, क्याल्सियम, पोटासियम र फाइबर शरीरका लागि आवश्यक छ । फाइबरले पाचन समस्यालाई हटाउँछ भने पोटासियमले एसिडिटीलाई नियन्त्रण गर्छ। त्यसैले गर्मी मौसममा दिनको एक कोसा केरा खानुपर्छ ।

दही र दूध

गर्मीमा दैनिक दही खानु शरीरका लागि फाइदाजनक छ । दहीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले आन्द्रा र पाचन प्रणलीलाई सुधार गर्छ । दहीको सेवनले एसिडिटी र अपचको समस्या पनि हट्छ । अर्कोतर्फ,दूध पिउनाले पेटलाई शीतलता दिन्छ । जसले गर्दा जलन हुने, एसिडिटी हुने समस्या हुँदैन ।