NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कपाल झर्छ भने यी खानेकुरा कम गर्नुहोस्

एजेन्सी । कालो बाक्लो कपाल अधिकांशको चाहना हुन्छ । कपाललाई सौन्दर्यको प्राकृतिक माध्यमसमेत मानिन्छ । महिला होस् वा पुरुष, दुवैलाई आफ्नो कपाल राम्रो भएको नै मन पर्छ । तर अहिले खराब जीवनशैली, अस्वस्थ्य खानपान, र प्रदूषित वातावरणले कपाल झर्ने समस्या बढ्दो छ ।

कपाल झर्ने समस्याबाट गुज्रिरहेका जो कोहीले कपाल झर्नबाट रोक्न विभिन्न घरेलु तथा मेडिकल औषधिको प्रयोग गरिरहेका हुन्छन् । तर पनि उनीहरु कपाल झर्नबाट रोक्न सक्दैनन् । यस्ता धेरै खानेकुरा छन् जुन कपाल झर्नुका कारकसमेत मानिन्छन् ।

कस्ता खानेकुराले कपाल भर्छ ?

चिनी

चिनीको अत्यधिक सेवनले धेरै रोग निम्त्याउँछ । चिनी खानु स्वास्थ्यका लागि हानिकारक छ । एक अध्ययनका अनुसार मधुमेहका बिरामीमा इन्सुलिन प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसले कपाल झार्छ ।

रक्सिको सेवन
रक्सीको सेवनले पनि कपाल झर्ने गर्छ । रक्सिले मानसिक र शारीरीक रुपमै व्यक्क्तिलाई क्षति गरिहरेको हुन्छ । कपाल केराटिन नामको प्रोटिनले बनेको हुन्छ । रक्सिको सेवनले उक्त प्रोटिनमा नकारात्मक असर गर्छ । जसका कारण कपाल कमजोर हुन्छ र झर्छ ।

काचों अण्डा
काचोँ अण्डा पनि कपाल झर्नुको एक कारक तत्व हो । अण्डा स्वास्थ्यका लागि फाइदाजनक भए पनि यसले कपालमा भने नकारात्मक असर गर्छ । काँचो अण्ठाको सेतो भाग सेवन गर्दा बायोटिनको कमी हुन्छ । बायोटिनले केराटिन निर्माणमा मद्त गर्छ । जसले कपालको प्रोटिनको रुपमा काम गर्छ । यस्तो अवस्थामा काँचो अण्डा खानुको सट्टा पकाएर खानुपर्छ ।

जंक फूड
अहिलेको समयमा बच्चादेखि ठुलासम्म जंकफूडको सेवन बढी गर्छन् । यसले पनि कपाल झर्ने समस्यालाई बढाउने गर्छ । जंक फूडमा स्याचुरेटेड र मोनोअनस्याचुरेटेड फ्याट पाइन्छ। जसका कारण मोटोपना बढ्नुका साथै मुटुसँग सम्बन्धित रोग लाग्न सक्छ । यसैले कपाल झर्ने समस्या निम्त्याउँछ। योसँगै माछाको अत्याधिक सेवन पनि कपाल झर्ने कारण हो । माछामा हुने ‘मर्करी’ को उच्च मात्राले कपाल झर्ने समस्यालाई बढावा दिन्छ ।