अब स्थानीय तहमा निमित्त नदिने

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीले अबदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नपठाउने बताएका छन् ।
कतिपय अवस्थामा कर्मचारीहरू जान नमाने र त कहिले मन्त्रालयले नै नपठाएर अधिकांश स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् ।
हाल देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् ।
मन्त्री मोदीले आफू मन्त्री नियुक्त भएर आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी दिए । आज मन्त्रालयमा पत्रकारहरूसँग सुझाव तथा सल्लाह कार्यक्रमको आयोजना गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘अहिलेसम्म मेरो हातबाट निमित्त दिइएको छैन । एकैपटक हटाउन सकिदैंन तर कहस सुरू गर्न सकिन्छ,’ उनले भने, ‘निमित्त पठाउने कामको अन्त्य सुरुवात स्थानीय तहबाटै हुनुपर्छ ।’
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया