अब स्थानीय तहमा निमित्त नदिने
काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीले अबदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नपठाउने बताएका छन् ।
कतिपय अवस्थामा कर्मचारीहरू जान नमाने र त कहिले मन्त्रालयले नै नपठाएर अधिकांश स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् ।
हाल देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् ।
मन्त्री मोदीले आफू मन्त्री नियुक्त भएर आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी दिए । आज मन्त्रालयमा पत्रकारहरूसँग सुझाव तथा सल्लाह कार्यक्रमको आयोजना गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘अहिलेसम्म मेरो हातबाट निमित्त दिइएको छैन । एकैपटक हटाउन सकिदैंन तर कहस सुरू गर्न सकिन्छ,’ उनले भने, ‘निमित्त पठाउने कामको अन्त्य सुरुवात स्थानीय तहबाटै हुनुपर्छ ।’
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया