देशले आज तेस्रो राष्ट्रपति पाउँदै
काठमाडौं । तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिकाअनुसार बिहीबार निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार, बिहान १० बजे सुरु हुने मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । मतदानस्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हललाई तोकिएको छ ।
३३२ मतदाता रहेको संघीय संसदको मतदान केन्द्रमा एउटा र ५५० मतदाता रहेको प्रदेशसभातर्फ दुई मतपेटिका राखिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । संघीय संसदमा ३३२ र प्रदेश संसदमा ५५० सांसदले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि राष्ट्रपति चयन गर्ने छन् । संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार कायम गरिएको छ ।
निर्वाचन आयोगका अनुसार, मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । साँझ ६ बजेसम्म निर्वाचनको मतपरिणाम सार्वजनिक हुने आयोगको प्रक्षेपण छ ।
निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् । पौडेल कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् भने नेम्वाङलाई अहिलेसम्म उनको दल एमालेबाहेकले समर्थन गर्ने निर्णय लिएका छैनन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया