लिग टू : पिएनजीले टस जित्यो, नेपाल ब्याटिङमा

काठमाडौं । आईसीसी विश्वकप लिग टूअन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलको सुरुवातमा नेपालले ब्याटिङ गर्ने भएको छ भने पपुवा न्युगिनी (पिएनजी) ले फिल्डिङ रोजेको छ ।
टस जितेको पपुवा न्युगिनीले फिल्डिङ रोजेसँगै नेपालले नेपालले ब्याटिङको निम्तो पाएको हो ।
आजको खेलमा दुवै टिम जित निकालेर सुखद् सुरुवात गर्ने ध्याउन्नमा हुनेछन् ।
गत वर्ष पनि यी दुई टिमबीच जम्काभेट भएको थियो । घरेलु मैदानमा खेल भए पनि नेपालले जित निकाल्न सकेन ।
विश्वकप छनोटमा स्थान बनाउन नेपालले विश्वकप लिग टूको शीर्ष ३ भित्र स्थान बनाउनुपर्ने हुन्छ । त्यसका लागि नेपालले चार खेलमा शतप्रतिशत जित हासिल गर्नुपर्ने बाध्यता छ ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा बनाएको छ भने पपुवा न्युगिनी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको सबैभन्दा तल छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया