टिपरले लियो पत्रकारसहित २ जनाको ज्यान, अर्का १ घाइते
काठमाडौं । काठमाडौंमा गएराति टिपरले एक पत्रकारसहित दुई जनाको ज्यान लिएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्काको निधन भएको हो ।
मृतक श्रेष्ठ साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका प्रधानसम्पादक हुन् । उनी नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्षसमेत थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गएराति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकलको ठक्करबाट मोटरसाइकलमा सवार श्रेष्ठ र खड्काको मृत्यु भएको जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते श्रेष्ठलाई उद्धार गरेर नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्कालाई शङ्करापुर अस्पताल साँखुमा लगिएको थियो । त्यही उपचारका क्रममा गएराति उनीहरूको मृत्यु भएको हो ।
शङ्खरापुर नगरपालिका–७ साँखुका पत्रकार श्रेष्ठ ५० र सोही नगरपालिकाको वडा नं. ९ का खड्का २२ वर्षका थिए ।
सोही दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन । उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए ।
दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया