आशिफको पहिलो एकदिवसीय शतक

काठमाडाैं । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।
उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरेका छन् ।
आशिफ एक सय १० बलमा एक सय १० रन बनाउँदै आउट भएका छन् । उनले दुई छक्का र १२ चौका प्रहार गरे । उनले कुल ३२ खेलमा एक हजार रन पूरा गरेका छन् । यसअघि एक दिवसीय खेलमा उनको उच्च स्कोर ९० रन थियो । आजको खेलमा कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार गर्दासम्म ४० दशमलव १ ओभरमा छ विकेटको क्षतिमा दुई सय २२ रन बनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया