भावी राष्ट्रपतिलाई देशको अभिभावक बन्न सुझाव दिँदै ओलीले दिए विद्यालाई १०० पूर्णांक
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भावी राष्ट्रपतिलाई देशको अभिभावक बन्न सुझाव दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीकाे कामलाई १०० पूर्णांक दिएका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भण्डारीको प्रशंसा गरेका हुन् । उनले निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
‘निर्वाचित हुने नयाँ राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ‘, उनले भने,‘वर्तमान राष्ट्रपतिको भूमिकालाई अंक दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ’, उनले थपे, ‘अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया