राष्ट्रपति निर्वाचनको मतदान सकियो

काठमाडाैं । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । बिहान १० बजेदेखि नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको मतदान ३ बजे सकिएको हो । चुनावको मतगणना ४ बजेपछि हुने भएकाे छ ।
मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक गरी १५ सङ्घीय सांसद तटस्थ रहेका थिए ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया