उपराष्ट्रपतिमा सत्ता घटक नाउपाको दाबी, अध्यक्ष श्रेष्ठलाई उठाउने निर्णय
काठमाडौं । सत्ता घटक दल नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको नाउपाको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा यसअघि सत्ता पक्षकै अर्को घटक जसपाले सांसद रामसहाय यादवलाई उठाउने निर्णय गरेको छ । उनी मंसिरमा भएको निर्वाचनमा बारा–२ बाट निर्वाचित सांसद हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया