उपराष्ट्रपतिमा फरक लिङ्ग र समुदायबाट उम्मेदवार बनाउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा फरक लिङ्ग र समुदायबाट उम्मेदवार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।
शुक्रबार बसेको आयोगको बैठकले खस–आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।
राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको संविधानमा व्यवस्था भएबमोजिम मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिमा खस–आर्यबाट रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा फरक लिङ्ग र समुदायबाट उम्मेदवार बनाउनुपर्ने उल्लेख छ ।
उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ। अहिलेसम्म सत्तारूढ घटक जसपाले सांसद रामसहाय यादव र नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आयोगको निर्णयसँगै जसपाको उम्मेदवार यादव उपराष्ट्रपति बन्ने बाटो बन्द भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया