सामसुङ स्मार्ट प्लाजा अब कैलालीमा

काठमाडाैं । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ ।
प्रभाकर शमशेर थापा, हिम इलेक्ट्रोनिक्स र कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स)द्वारा २६ फागुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो ।
सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ । ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन् । यससँगै, ग्राहकहरूले हुलास फिन सर्भमार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुर हुन् । उक्त अवसरमा प्लाजाका प्रबन्धक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया