बच्चालाई सानैदेखि कस्ताे बानी सिकाउने ?
एजेन्सी । बच्चाहरूलाई सिकाउने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई सुरुदेखि नै सिकाउनु हो, त्यसैले केही बानीहरु आमाबाबुले उनीहरुलाई सुरुदेखि नै सिकाउनु पर्छ, जुन बच्चाको स्वस्थ बानी बन्न पुग्छन् । बाल्यकालमा स्वस्थ बानी सिकेर, बच्चाहरूले यसलाई सधैंभरि दिनचर्याको रूपमा पालन गर्न थाल्छन् । आउनुहोस्, जान्नुहोस् कुन बानीहरू सुरुदेखि नै सिकाउनुपर्छः
१) बालबालिकाको स्वस्थ बानीमा बिहान उठ्नासाथ फ्रेस हुन सिकाउनुपर्छ । यी बानी अपनाएपछि बालबालिका सक्रिय रहन्छन् । बिहान उठ्नेवित्तिकै शौचालय जाने, ब्रस गर्ने र नुहाउने बानी अपनाउनु पर्छ ।
२) बिहानैदेखि पानी पिउने बानी बसाल्नुहोस् । बालबालिकालाई बिहान तातो पानी खुवाउनुहोस्, जसले गर्दा उनीहरुको शरीरलाई डिटक्सिफिकेसन गर्न सकिन्छ । बाल्यकालदेखिको यो बानीले ठुलो हुँदा पनि धेरै फाइदा गर्छ ।
३) मोबाइलमा पढ्नुको सट्टा, बच्चाहरूलाई किताब पढ्न लगाउनुहोस् । यसोगर्दा उनीहरुलाई राम्रो निन्द्रा लाग्छ । राति सुत्नुअघि बालबालिकाको हातमा मोबाइल कहिल्यै नदिनुहोस् ।
४) बालबालिकालाई आफ्नो मनको कुरा गर्न उत्प्रेरित गर्नुहोस् । यसो गर्दा बालबालिकाले आफ्ना समस्याहरू सुनाउँछन् । आफ्ना कुरा लुकाउँदैनन् । यस तरिकाले तपाईंले बच्चाहरूको सही र गलत आनिबानी छुट्याउन सक्नुहुन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया