NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नापोलीले एट्लान्टालाई हरायो, अग्रता थप बलियो

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले जित निकालेर स्थान सुरक्षित गरेको छ ।

गएराति सम्पन्न खेलमा नापोलीले एट्लान्टामाथि २–० गोल अन्तरको जित निकालेको हो ।

नापोलीका लागि कभिचा कभाराकेस्लियाले ६० औं र र अमिर रहमानीले ७७ औं मिनेटमा गोलको योगदान गरे ।

योसँगै नापोली उपाधिको प्रतिस्पर्धामा बलियो देखिएको छ । नापोलीले २६ खेलमा ६८ अंक जोडेको छ भने एट्लान्टा ४२ अंकका साथ छैटौं स्थानमा छ ।