उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार छनोट गर्न गठबन्धनलाई सकस
काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुलाई सकस परेको छ ।
उपराष्ट्रपति पदका लागि शनिबार भएको मनोनयन दर्तामा सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव, प्रमिलाकुमारी यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएपछि आधिकारिक निर्णय लिन गठबन्धन दलहरूलाई सकस परेको हो ।
आधिकारिक उम्मेदवारको विषयमा निर्णय लिन आइतबार ८ दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ ।
पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । यसअघि १२ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसैको ८ दलको बैठकले उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । तर जसपाबाट नै दुई जना र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी परेपछि आधिकारिक निर्णय लिन गठबन्धनलाई अप्ठ्यारो परेको छ ।
एक नेताका अनुसार उम्मेदवारी फिर्ता लिन तीनै जनाले मानेका छैनन् । विपक्षी एमालेबाट उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया