म्यादीको पोसाकमा आइजी र डिआइजी मिलेर भ्रष्टाचार गरेको आरोप
छानविन नभए राष्ट्रपति कार्यालय जाने

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भर्ना लिइएको एक लाख १५ हजार म्यादी प्रहरीको पोसाकमा भ्रष्टाचार भएको आरोपमा गृह मन्त्रालयमा उजुरी परेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका डिआइजी दीपक थापासहित प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसमेतको मिलेमतोमा भ्रष्टाचार भएको आरोपमा उजुरी परेको हो ।
उक्त उजुरीमा उल्लेख भएअनुसार प्रत्येक म्यादीको जुत्ता कपडा र ज्याकेटमा रू १९०० खर्च भएको थियो । पोसाक खरिदवापत १६ करोडको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।
प्राप्त उजुरीका अनुसार प्रत्येक म्यदी प्रहरीको कपडा, जुत्ता र ज्याकेट खरिदमा देशभरका जिल्ला प्रहरी कार्यालयमा झुठा टेन्डर आह्वान गरिएको थियो । जसको नेतृत्व प्रहरी प्रधान कार्यालय नक्सालका डिआइजी थापाले गरेको उक्त निदेवनमा उल्लेख छ ।
यससम्बन्धी छानविन अघि नबढेमा राष्ट्रपति कार्यालयमा पत्राचार गरिनेसमेत चेतावनी दिइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले यसबारे छानविन गरेर प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रमा जवाफ आइसकेको बताए ।
‘प्राप्त गुनासोका आधारमा हामीले प्रहरी कार्यालयलाई चिठी पठाएका थियौं । त्यसको जवाफ आइसकेको छ,’ उनले भने, ‘जवाफमा प्रहरी कार्यालयले लाइन मिनिस्ट्रि बजेट इन्फर्मेसन सिस्टमबाटै रकम पठाएको दाबी गरेको छ ।’ प्रहरी कार्यालयबाट आएको जवाफमा थप के गर्ने भन्ने विषयमा सम्बन्धित शाखाले अध्ययन गरिरहेको उनको भनाई छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया