म्यादीको पोसाकमा आइजी र डिआइजी मिलेर भ्रष्टाचार गरेको आरोप
काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भर्ना लिइएको एक लाख १५ हजार म्यादी प्रहरीको पोसाकमा भ्रष्टाचार भएको आरोपमा गृह मन्त्रालयमा उजुरी परेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका डिआइजी दीपक थापासहित प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसमेतको मिलेमतोमा भ्रष्टाचार भएको आरोपमा उजुरी परेको हो ।
उक्त उजुरीमा उल्लेख भएअनुसार प्रत्येक म्यादीको जुत्ता कपडा र ज्याकेटमा रू १९०० खर्च भएको थियो । पोसाक खरिदवापत १६ करोडको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।
प्राप्त उजुरीका अनुसार प्रत्येक म्यदी प्रहरीको कपडा, जुत्ता र ज्याकेट खरिदमा देशभरका जिल्ला प्रहरी कार्यालयमा झुठा टेन्डर आह्वान गरिएको थियो । जसको नेतृत्व प्रहरी प्रधान कार्यालय नक्सालका डिआइजी थापाले गरेको उक्त निदेवनमा उल्लेख छ ।
यससम्बन्धी छानविन अघि नबढेमा राष्ट्रपति कार्यालयमा पत्राचार गरिनेसमेत चेतावनी दिइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले यसबारे छानविन गरेर प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रमा जवाफ आइसकेको बताए ।
‘प्राप्त गुनासोका आधारमा हामीले प्रहरी कार्यालयलाई चिठी पठाएका थियौं । त्यसको जवाफ आइसकेको छ,’ उनले भने, ‘जवाफमा प्रहरी कार्यालयले लाइन मिनिस्ट्रि बजेट इन्फर्मेसन सिस्टमबाटै रकम पठाएको दाबी गरेको छ ।’ प्रहरी कार्यालयबाट आएको जवाफमा थप के गर्ने भन्ने विषयमा सम्बन्धित शाखाले अध्ययन गरिरहेको उनको भनाई छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया