१५ अर्बको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल्स जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो ।
बैंकले २८ दिन, ९१ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । मंगलबार जारी हुने यो ट्रेजरी बिल्स आज दिउँसो तीन बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन चैत्र २८ गते परिपक्क हुने छ । ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ ३० गते परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८० फागुन २९ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया