‘नाटु–नाटु’ ले पायो ओस्कर, यस्ता छन् गीतसँग जोडिएका रमाइला किस्सा

एजेन्सी । एस एस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ को ‘नाटु–नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्ड पाएको छ । एआर रहमानले अन्तिम पटक सन् २००८ मा फिल्म ‘स्लमडग मिलियनेयर’ को ‘जय हो’ गीतका लागि उत्कृष्ट मौलिक गीतको ओस्कर जितेका थिए । भारतले १५ वर्षपछि यो अवार्ड फेरि प्राप्त गरेको हो ।
बेलायती फिल्म भए पनि ‘जय हो’ गीतले ओस्कार पाएको थियो । ‘नाटु–नाटु’ ओस्कारमा जाने पहिलो गीत हो जुन हिन्दी फिल्मको हो । जुनियर एनटीआर र रामचरणलाई मुख्य चित्रण गरेर बनाइएको यो गीत गोल्डेन ग्लोब अवार्ड जित्ने पहिलो भारतीय र एशियाली गीत पनि हो।
१९ महिना लागाएर कोरियोग्राफ गरिएको यो गीत मित्रतामा आधारित छ । संगीतकार एमएम कीरावानीले फिल्मका लागि २० वटा गीत लेखेका थिए तर ती २० मध्ये नाटु–नाटुलाई फाइनल गरिएको थियो । चलचित्र निर्माणसँग आवद्ध व्यक्तिहरुको भोटका आधारमा यो गीतमा कोरियोग्राफ गर्ने निर्णय गरिएको हो । ९० प्रतिशत गीत आधा दिनमै सकिएको थियो भने बाँकी १० प्रतिशत पूरा गर्न १९ महिना लाग्यो ।
एनटीआर र रामचरणले गीतमा नृत्य गर्दा मात्रै १८ टेक लिएका थिए । गीतको छायांकन युक्रेनस्थित किभमा रहेको राष्ट्रपति निवास मारिन्स्की प्यालेसमा गरिएको हो । ५० ब्याकग्राउन्ड डान्सरहरू र करिब ४०० जुनियर कलाकारहरू समावेश भएको सम्पूर्ण गीत १५ दिनसम्म कीभमा खिचिएको थियो।
गीतका कोरियोग्राफर प्रेम रक्षितका बुबा एक समय एक हीरा व्यापारी थिए। सन् १९९३ मा पारिवारिक मतभेदका कारण उनको परिवार आर्थिक संकटमा परेको थियो । परिवार यति गरिब भएको थियो कि बुबा फिल्ममा नृत्य सहायक बने र प्रेमले दर्जी पसलमा काम गर्न थाले। एक दिन गरिबीबाट दिक्क भएर प्रेमले आत्महत्या गर्न चेन्नईको मरीना बिच गए । उनले आत्महत्या गरेपछि परिवारलाई नृत्य महासंघले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने सोच बनाएको थियो ।
आत्महत्या गर्नुअघि प्रेमले आफूले समुन्द्री किनारमा पुग्न प्रयोग गरेको साइकल ऋण लिएको थियो भन्ने बुझे । यही सोचेर उनी साइकल राख्न घर आए । घर फर्किने बित्तिकै उनलाई बुबाको फोन आयो कि प्रेमले फिल्ममा काम पाएको खबर पाए। प्रेमले जागिर पाएलगत्तै आत्महत्या गर्ने विचार उनले त्यागेका थिए ।
प्रेमले गरेका कोरियोग्राफी देखेर राजामौली यति खुसी भए कि उनले प्रेमलाई बोलाएर छोराछोरीलाई नृत्य सिकाउन सक्नुहुन्छ कि भनेर सोधे । त्यसपछि राजामौलीले उनलाई फिल्म छत्रपतिमा कोरियोग्राफरको काम दिए । जुनियर एनटीआर यही फिल्मबाट स्टार बनेका हुन् । यो फिल्मबाट प्रेम रक्षितले पनि पहिचान पाएका छन् ।
प्रतिक्रिया