राष्ट्रिय व्यक्तित्वलाई उपचारमा निजामती सरह सुविधा दिने हाम्रो तयारी छ : मन्त्री मोदी
ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन् ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले राष्ट्रिय व्यक्तिहरुको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपब्ध गराउने तयारी भइरहेको बताएका हुन् ।
“तपाईहरुको लागि सरकारको तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु” मन्त्री मोदीले भने, “हाम्रो मन्त्रालय अन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछ । अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा वेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ ।”
राष्ट्रिय व्यक्तित्वहरुको सम्मानका लागि आफूहरुले यो काम गर्न लागेको मन्त्री मोदीको भनाई थियो ।
आर्थिक समस्याका कारण कलाकारहरुले जीवनको उतराद्र्धमा उपचार समेत गर्न नसक्ने अवस्था सिजर्ना भएको भन्दै मन्त्री मोदीले भने, ‘आर्थिक अभावले तपाइहरुलाई निरास लान सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्यांकन भएन कि भन्ने पनि तपाइहरुलाई लाग्छ । तपाईहरुसहित राष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा निजामती अस्पतालमा निजामती सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईहरुको कलाको राज्यले उचित सम्मान गर्छ ।’
मन्त्री मोदीले समाजमा कर्मचारीले हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्ने समेत बताए । उनले भने, “जनताको सेवा दिने सवालमा कर्मचारीले आलटाल गर्ने जुन प्रवृत्ति छ, त्यसलाई अन्त्य गरेर भ्रष्टचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने दिशामा यो सरकार अग्रसर छ ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया