मकै र गहुँको सट्टा कफी खेती
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् ।
कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् । मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताए । अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ ।
शीतगङ्गा–३ ठाडाका मित्रलाल बेल्वासेले दुई सय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाएका छन् । भारतमा रोजगारी गर्दै आएका उनि गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लागेका हुन् । अब थप पाँच हजार कफीका बिरुवा लगाउने उनको योजना छ ।
अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताए । आठ सय मिटरदेखि एक हजार ६०० मिटर सम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ । ‘यहाँको कफीको विदेशमा माग बढेको छ,’ पाण्डेले भने ।
अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ टङ्कीलगाय कार्य तथा प्राविधिकरुपमा परियोजनाले सहयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया