पोखरा विमानस्थलमा ह्यांगर सञ्चालन गर्न कोही तयार नभएपछि पुनः बोलपत्र आव्हान
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर सञ्चालनको लागि कोही तयार नभएपछि पुनः बोलपत्र आव्हान गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत २० माघमा विमानस्थलमा रहेको ६३४३ वर्गमिटर क्षेत्रफलको ह्यांगर भवनमा वायुयान मर्मत सेवा सञ्चालनको लागि बोलपत्र आव्हान गरेको थियो ।
सूचना अनुसार तोकिएको समयमा कुनै पनि बोलपत्र प्राप्त नभएपछि एक महिनापछि प्राधिकरणले पुनः ठेक्का खोलेको हो ।
प्राधिकरणले अबको १५ दिनमा बोलपत्र फारम खरिद गरी १६ औं दिनको १२ बजेभित्र कार्यालयमा विवरण पेश गर्न जानकारी गरएको छ ।

ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया