NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्सेमा झिनो अंकको करेक्सन, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । पूँजीबजारमा यो साता कारोबारको लगातार तेस्रो दिन भने नेप्सेमा झिनो अंकको करेक्सन भएको छ । नेप्से परिसूचकमा आज एक दशमलव ८५ अङ्कले बढेर १९५३.०६ विन्दुमा कायम भएको छ ।

आज दुई सय ५५ कम्पनीको २६ हजार ४७३ पटक कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज ५ उपसमूहबाहेकबाँकी समूहको उपसूचक बढेको छ । घटेका उपसमूहरूमा सबैभन्दा बढी व्यापार २.३८ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ ०.३१, उत्पादन ०.५२, माइक्रोफाइनान्स ०.३९, म्युचल फण्ड ०.१८ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहरूमा सबैभन्दा धेरै वित्तको ०.९८ प्रतिशतले बढेको छ । अरू उपसमूहरूमा विकास बैंक ०.३६, होटल तथा पर्यटन ०.६५, जलविद्युत ०.७५, लगानी ०.६९, जीवन बीमा ०.०७, नीर्जीवन ०.५४ र अन्य ०.४४ प्रतिशतले बढेको छ ।

मंगलबार युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सुभम् पावर ९.९८, सुपर मादी हाइड्रोपावर ९.३२, बिन्दाबासिनी हाइड्रोपावर ७.२९ र खप्तड लघुवित्तका लगानीकर्ताल ५.२७ प्रतिशतका दरले कमाएका छन् ।

आज एनआइसी एसिया म्युचल फण्डका लगानीकर्ताले सर्वाधिक ५.६४ प्रतिशतका दरले गुमाएका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स ३.९२, कृषि विकास बैंक ३.९०, स्वाभिमान लघुवित्त ३.५८ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन् ।

मंगलबार कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक लिमिटेडको सर्वाधिक १० करोड ४८ लाख २४ हजार १२५ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा नबिल बैंकको ३ करोड ४४ लाख ७३ हजार रूपैयाँको कारोबार भयो ।

त्यस्तै शिभम् सिमेन्ट ३ करोड १६ लाख ४६ हजार, हिमालय डिष्टिलरी २ करोड ७७ लाख १५ हजार रूपैयाँ र हिमालयन बैंकको २ करोड ६१ लाख ७२ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।