लिजेण्डस् लिगमा पारसको टिमको फराकिलो हार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसियन लायन्सले लिजेण्डस् लिगमा फराकिलो अन्तरको हार बेहोरेको छ ।
कतारको दोहामा सम्पन्न खेलमा एसियन लायन्सले महाराजलाई १ सय ५९ रनको लक्ष्य दिएको थियो । जसलाई महाराजले १२.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।
यसक्रममा महाराजका ओपनरद्वय रोविन उथप्पा र कप्तान गौतम गम्भीरले अविजित अर्धशतक बनाए । उथप्पाले ३९ बलमा ८८ रन र गम्भीरले ७४ रनको योगदान दिए ।
पहिले ब्याटिङ गरेको पारसको टिम एसियन लायन्सले २० ओभरमा ५ विकेट गुमाएर मात्रै १ सय ५७ रन बनाउन सक्यो ।
महाराजविरुद्धको खेलमा प्लेइङ ११ मा पारसले भने मौका पाएनन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया