लिजेण्डस् लिगमा पारसको टिमको फराकिलो हार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसियन लायन्सले लिजेण्डस् लिगमा फराकिलो अन्तरको हार बेहोरेको छ ।
कतारको दोहामा सम्पन्न खेलमा एसियन लायन्सले महाराजलाई १ सय ५९ रनको लक्ष्य दिएको थियो । जसलाई महाराजले १२.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।
यसक्रममा महाराजका ओपनरद्वय रोविन उथप्पा र कप्तान गौतम गम्भीरले अविजित अर्धशतक बनाए । उथप्पाले ३९ बलमा ८८ रन र गम्भीरले ७४ रनको योगदान दिए ।
पहिले ब्याटिङ गरेको पारसको टिम एसियन लायन्सले २० ओभरमा ५ विकेट गुमाएर मात्रै १ सय ५७ रन बनाउन सक्यो ।
महाराजविरुद्धको खेलमा प्लेइङ ११ मा पारसले भने मौका पाएनन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया