आरबी लाइपजिगको पोस्ट्मा हालाण्डको गोल वर्षा, सिटी क्वाटरफाइनलमा
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल यात्रा तय गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत गएराति सम्पन्न दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै सिटी विजयी बनेको हो । समग्रमा सिटीले ८–१ को जित निकाल्यो ।
योसँगै उसले अन्तिम आठको स्थान सुनिश्चित गरेको छ ।
सिटीको जितमा अर्लिङ हालाण्ड एक्लैले ५ गोलको योगदान दिए । त्यसैगरी, इल्के गुन्डोगान र केभिन डी ब्रुएनले पनि समान एक÷एक गोल गरे ।
हालाण्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । उनले २२ औं, २४ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । दोस्रो हाफको ५३ औं र ५७ औं मिनेटमा थप गोल गर्दै उनले सिटीको अग्रतालाई थप फराकिलो पारे ।
४९ औं मिनेटमा गुन्डोगान र इन्जुरी समयमा ब्रुएनले थप गोल गर्दै सिटीलाई ७–० का फराकिलो जित दिलाए ।
योसँगै हालाण्ड च्याम्पियन्स लिगको एउटै खेलमा पाँच गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । हालाण्डको उमेर अहिले मात्र २२ वर्ष छ । युरोपको एलिट क्लब प्रतियोगितामा सबैभन्दा छिटो ३० गोल गर्ने अर्को रेकर्ड पनि उनको नाममा दर्ता भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया