उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि प्रचारप्रसार गर्न नपाइने नियमअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।
उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।
निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेकाले उपराष्ट्रपतिका उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।
उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, आठदलीय गठबन्धनबाट रामसहायप्रसाद यादव उम्मेदवार छन् । त्यस्तै, प्रमिला कुमारी, ममता झाले पनि यही पदमा उम्मेदवारी दिएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुपूर्व नयाँ चयनका लागि निर्वाचन गर्नुपर्ने प्रावधान छ । यसअघि गत फागुन २५ मा राष्ट्रपति निर्वाचन भएकोमा रामचन्द्र पौडेल विजयी भइसकेका छन् । उनले सोमबारबाट पदभारसमेत ग्रहण गरिसकेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया