NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि प्रचारप्रसार गर्न नपाइने नियमअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेकाले उपराष्ट्रपतिका उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, आठदलीय गठबन्धनबाट रामसहायप्रसाद यादव उम्मेदवार छन् । त्यस्तै, प्रमिला कुमारी, ममता झाले पनि यही पदमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुपूर्व नयाँ चयनका लागि निर्वाचन गर्नुपर्ने प्रावधान छ । यसअघि गत फागुन २५ मा राष्ट्रपति निर्वाचन भएकोमा रामचन्द्र पौडेल विजयी भइसकेका छन् । उनले सोमबारबाट पदभारसमेत ग्रहण गरिसकेका छन् ।