एनएमबि बैंकद्वारा राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रोत्साहन पुरस्कारको घोषणा
काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान र हौसलास्वरुप पुरूस्कारको घोषणा गरेको छ । बैंकले सहभागी टिमको १६ जनालाई जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका गौरव हुन् । खेलाडीको मनोबल उच्च कायम राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।’
२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल आज हुन गईरहेको फाइनल म्याचमा युएआइसँग भिडदैछ। आजको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ। यो नगद पुरस्कारले खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया