NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रविको ढुलमुले नीति : पार्टीभित्र र बाहिर असन्तुष्टि बढ्दै

काठमाडौं । राजनीति बेथितिको अन्त्य गरी वैकल्पिक शक्ति निमार्ण गर्ने दाबी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा अनिर्णयको बन्दी भएको छ ।

२५ फागुनमा भएको निर्वाचनमा गोप्य रूपमा गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको रास्वपाले उपराष्ट्रपतिको निर्वाचनमा कुनै निर्णय गरेन । उपराष्ट्रपति निर्वाचनको सम्बन्धमा बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको थियो ।

तर कसलाई मतदान गर्ने भन्ने सम्बन्धमा पार्टीले निर्णय गर्न सकेन । यस विषयलाई टुंग्याउनका लागि शुक्रबार बिहान साढे एघार बजे पदाधिकारीको बैठक बोलायो । उपराष्ट्रपतिको निर्वाचन सुरू हुनु केही समय अगाडि बैठक स्थगित भएको उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

‘बैठक स्थगित भइसकेको छ । उपराष्ट्रपतिको निर्वाचन गोप्य मतदान भएकाले पार्टीले ह्वीप जारी गर्नु परेन । निर्वाचनमा जुन उम्मेदवारलाई समर्थन गरेपनि वा टथस्त बसेपनि सबैको एक मत छ’, नेपालवाचसँग उनले भने ।

नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले सर्वोच्च अदालतको आदेशद्वारा सांसद पद गुमाएपछि २२ माघमा रास्वपा सरकारबाट बाहिरिएको थियो । पत्रकार सम्मेलन गरी मिडियामाथि निकै आक्रामक रूपमा प्रस्तुत भएका लामिछाने त्यसयता मौन देखिएका छन् ।

सरकारबाट बाहिरिएपनि समर्थन कायमै राखेकोमा सभापति लामिछानेको चर्को आलोचना सुरू भएको छ । नेतृत्वको ढुलमुले नीतिलाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष