NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

ठगी आरोपमा जेल परेका ज्याकलिनका प्रेमीमाथि फिल्म बन्ने

एजेन्सी । दुई सय करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा जेलमा रहेका सुकेश चन्द्रशेखरमाथि फिल्म बनाउने तयारी भइरहेको छ ।

उनी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका प्रेमीका रूपमा पनि चर्चित छन् । उनी पक्राउ परेसँगै उक्त मुद्दामा ज्याकलिनको पनि नाम आएपछि उनीहरूबीचको सम्बन्ध सतहमा आएको थियो ।

ज्याकलिन आफैंले पनि सुकेशसँगको व्यक्तिगत फोटोअरू आफ्नो समाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

हाल भारतको तिहाड जेलमा रहेका उनै सुकेशको जीवनमा आधारित फिल्म बनाउन यतिबेला फिल्म निर्माता आनन्द कुमार इच्छुक भएका छन् ।

त्यसो त सुकेशले आफूलाई उच्च ओहोदाको सरकारी कर्मचारी बताउँदै ठूला घरानिया, राजनीतिज्ञ र सेलिब्रेटीसम्मलाई ठगेको कथा फिल्म भन्दा कम छैन । फिल्म निर्माणका लागि आनन्दले उनले तिहाड जेलका एएसपीसँग पनि कुरा गरेका छन् ।

आनन्द कुमारले सुकेशसँग सम्बन्धित हरेक साना/ठूला जानकारी सङ्कलन गरिरहेका छन्। यो फिल्म २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिलिज हुने सम्भावना छ ।

तिहाड जेलका एएसपी जेलर दीपक शर्माले सुकेशको कथा निकै रोचक रहेको बताएका छन् ।

निर्माता आनन्द कुमारले छ महिनाको लागि दिल्लीमा एउटा विलासी होटल बुक गरेका छन् । त्यहाँ फिल्मका लेखकहरू बसेर प्रोजेक्टमा काम सुरु गर्नेछन्। हाल फिल्मको स्टार कास्ट र लोकेसन भने खुलाइएको छैन तर छिट्टै यसको आधिकारिक पुष्टि हुनेछ ।

जानकारीका अनुसार सुकेशले कसरी राजनीतिज्ञ, सेलिब्रेटी र व्यवसायीलाई ठगी गरे भन्ने विषय नै फिल्मको मुख्य कथावस्तु हुनेछ । उनले कसरी करोडौं रुपैयाँ हिनामिना गरे, साथै चलचित्र अभिनेत्रीसँगको उनको अफेयरबारे हरेक कुरालाई चलचित्रमा विस्तृत रूपमा देखाइनेछ ।

को हुन् सुकेश चन्द्रशेखर ?

सुकेश चन्द्रशेखर भारतस्थित बैंगलोर निवासी हुन्। उनले १७ वर्षको उमेरदेखि नै भव्य जीवनशैली जिउन मानिसहरूलाई ठगी गर्न थालेको बताइन्छ । बैंगलोर पछि उनले चेन्नई र अन्य शहरहरूमा पनि मानिसहरूलाई ठगी गर्नका लागि निशाना बनाए। शीर्ष राजनीतिज्ञ, व्यापारीदेखि बलिउड सेलिब्रेटीहरू उनको निशानामा परेका छन्।

सुकेशले आफूलाई ठूला सरकारी अफिसर भनेर बोलाउने गर्थे । सन् २००७ मा उनले आफूलाई ठूला सरकारी अधिकारी बताउँदै बैंगलोर विकास प्राधिकरणमा काम गराउने बदलामा १०० जनाभन्दा बढीलाई ठगी गरेका थिए । उनी यस मुद्दामा पनि पक्राउ परेको थिए । हाल उनी विरुद्धको सबैभन्दा ठूलो मुद्दा दायर भएको हो ।

उनी अभिनेत्रीहरुलाई महँगो उपहार दिएर चर्चामा आएका थिए । कारबाहीमा सुकेशसँगै अभिनेत्री ज्याकलिन फर्नान्डिसको नाम पनि अगाडि आएको थियो । प्रहरीको सुकेश र ज्याकलिनबीच जनवरी २०२१ मा वार्ता सुरु भएको थियो। सुकेश तिहाड जेलमा रहँदा पनि ज्याकलिनसँग फोनमा कुरा गर्थे ।

सुकेशले ज्याकलिन फर्नान्डिसलाई करोडौंको उपहार दिएको प्रहरीको रिपोर्टमा जनाइएको छ। जसमा ५२ लाखको अरेबियन घोडा, ९–९ लाखको ३ वटा पर्शियन बिरालो, हिरा सेट जस्ता महँगो उपहार छन् ।

सुकेशका अनुसार उनी र ज्याकलिन सम्बन्धमा थिए र छिट्टै विवाह गर्ने तयारीमा थिए । ज्याकलिनले भने सुकेशले उनको भावनासँग खेलेको बताएकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष