ग्लोबल आईएमई बैंकका ग्राहकले मेट्रो मार्टमा १० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौं भित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । एक पटकको खरिदको १०० रुपैयाँसम्म र योजना अवधिभर ३०० रुपैयाँसम्म छुट पाउने जनाइएको छ ।
बैंकका अनुसार यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया