महिलाको हक स्थापित गर्नेछु : ममता झा

काठमाडाैं । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छिन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उम्मेदवार झाले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् । उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।’
आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । साढे ११ बजेसम्म सङ्घीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गरेका छन् । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ ।
उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा(एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य छिन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया