प्रधानमन्त्री दाहालले गरे मतदान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिइन्।
संघतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ संघीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया