उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू, केही बेरमा अन्तिम परिणाम सार्वजनिक हुने
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन अहिले मतगणना जारी रहेकाले केही बेरमा नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । अधिकृतको कार्यालयका अनुसार कुल मतदातामध्ये ८ सय २९ मत खसेको छ । जसमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।
संघीय संसदमा ३३२ र प्रदेश सभामा ५५० सांसद मतदाता रहेका थिए । जसमध्ये राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया