काठमाडौं उपत्यकामा कहाँ–कहाँ स्थगित भयो स्ववियु निर्वाचन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आइतबार स्ववियु निर्वाचन जारी छ ।
विद्यार्थी नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान गर्ने समय दिइएको छ। तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आइतबार स्ववियु निर्वाचन नहुने निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्रका २२ अंगिक क्याम्पसहरूमध्ये त्रिचन्द्र, आर।आर। अस्कल, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
त्यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ६ वटा क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया