घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा नियुक्त
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिवमा घनश्याम भुसाल नियुक्त भएका छन् ।
आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले भुसाललाई महासचिवमा नियुक्त गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।
उनकाअनुसार हाल महासचिव रहेका डा. बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरिएको छ । मंसिरमा भएको निर्वाचन अघि भुसाल एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी २९ पुसमा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया