सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयक फिर्ता लिन राप्रपा र नेमकिपाको आग्रह
काठमाडौं । सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयविरूद्ध राप्रपा र नेमकिपाले विरोध जनाएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले विधेयक पेश गरेको थियो । सरकारले पेश गरेको विधेयक संविधान, प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको भन्दै राप्रपा र नेमकिपाका सांसदहरूले आपत्ति जनाएका हुन् ।
विधेयकको विरुद्ध बोल्दै राप्रपाका सांसद ज्ञानबहादुर शाहीले युद्धकालका जघन्य अपराधलाई कुनै हालतमा क्षमा दिन नसक्ने विधेयक फिर्ता लिन आग्रह गरे । ‘युृद्धकालमा भएका जघन्य अपराधलाई सफाइ दिन विधेयक ल्याइएको छ । यो विधेयक सम्मानित सर्वोच्च आदालतको फैसला, नेपालको संविधान र प्राकृतिक न्यायको सिद्धान्त र विधिशास्त्रको सिद्धान्तविपरित छ । गम्भीर विषयलाई ध्यान दिँदै पेश भएको विधेयक तत्काल फिर्ता लिन म सरकारसँग आग्रह गर्छु’, उनले भने ।
त्यस्तै विधेयकमाथि विरोधको सूचना दर्ता गर्दै नेमकिपाका सांसद प्रेम सुवालले युद्धकालका जघन्नय अपराधलाई मानअधिकारको गम्भीर उल्लङ्घन भएको विषय अनुसूचीमा राख्नुपर्ने माग गरेका छन् ।प्रधानमन्त्रीको तर्फबाट विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन विरोधको सूचना फिर्ता लिन आग्रह गरिन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया