विराटनगरमा किन भयो हवाइ फायर ?

काठमाडौं । विराटनगरमा मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन हुँदा प्रहरीले हवाइ फायर गर्नुपरेको छ भने चारजना पक्राउ परेका छन् ।
कोशी प्रदेशको नाम पुनः नामकरण गरेर पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले त्यहाँ आन्दोलन गरेको हो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र नै तोडेर प्रदर्शन गरेपछि प्रहरीले हवाइ फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । अवस्था नियन्त्रण गर्न अश्रुग्याँस समेत फालिएको छ ।
गत १७ फागुनमा प्रदेशसभाले प्रदेश १ को नाम कोशी राखेको थियो । यसलाई सच्याइनुपर्ने भन्दै असन्तुष्ट पक्षले विरोध गरिरहेका छन् ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया