विराटनगरमा किन भयो हवाइ फायर ?
काठमाडौं । विराटनगरमा मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन हुँदा प्रहरीले हवाइ फायर गर्नुपरेको छ भने चारजना पक्राउ परेका छन् ।
कोशी प्रदेशको नाम पुनः नामकरण गरेर पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले त्यहाँ आन्दोलन गरेको हो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र नै तोडेर प्रदर्शन गरेपछि प्रहरीले हवाइ फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । अवस्था नियन्त्रण गर्न अश्रुग्याँस समेत फालिएको छ ।
गत १७ फागुनमा प्रदेशसभाले प्रदेश १ को नाम कोशी राखेको थियो । यसलाई सच्याइनुपर्ने भन्दै असन्तुष्ट पक्षले विरोध गरिरहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया