धादिङमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई धक्का : अखिल क्रान्तिकारीको प्यानलै विजयी
धादिङ । कांग्रेस र एमाले निकट विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै धादिङका २ क्याम्पसमा माओवादीका अखिल क्रान्तिकारीले बाजी मारेका छन् ।
आइतबार भएको स्ववियु निर्वाचनमा बेनीघाट रोराङ गाउँपालिका–५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा संयुक्त प्यानलाई हराउँदै अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको हो ।
यहाँ सञ्जित सुवेदी नेृत्वत्वको क्रान्तिकारीको प्यानलै विजयी भएका छन् । सुवेदीले ९१ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका संगिता श्रेष्ठले ७९ मत पाएकी छिन् ।
त्यस्तै मलेखुस्थित जय बागेश्वरी बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका छन् । विजयी त्रिपाठीले ६२ मत पाएका छन् भने नेविसंघका विषय अधिकारीले ३७ मत पाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया