धादिङमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई धक्का : अखिल क्रान्तिकारीको प्यानलै विजयी
धादिङ । कांग्रेस र एमाले निकट विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै धादिङका २ क्याम्पसमा माओवादीका अखिल क्रान्तिकारीले बाजी मारेका छन् ।
आइतबार भएको स्ववियु निर्वाचनमा बेनीघाट रोराङ गाउँपालिका–५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा संयुक्त प्यानलाई हराउँदै अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको हो ।
यहाँ सञ्जित सुवेदी नेृत्वत्वको क्रान्तिकारीको प्यानलै विजयी भएका छन् । सुवेदीले ९१ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका संगिता श्रेष्ठले ७९ मत पाएकी छिन् ।
त्यस्तै मलेखुस्थित जय बागेश्वरी बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका छन् । विजयी त्रिपाठीले ६२ मत पाएका छन् भने नेविसंघका विषय अधिकारीले ३७ मत पाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया