काजु एक, फाइदा अनेक
एजेन्सी । ड्राई फुट्सको कुरा गर्दा काजु अत्यधिक खाइनेमध्येमा पर्छ । यसको प्रयोग खानादेखि मिठाइसम्ममा गरिन्छ । काजुमा थुपै प्रकारका फ्याट र प्रोटिन हुन्छन् जसले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ ।
यसले शरीरमा उर्जाको कमी हुन दिँदैन् त्यसैले यसलाई ऊर्जाको ‘पावर हाउस’ समेत भनिन्छ । काजुले क्यान्सरजस्ता घातक रोगबाट पनि बचाउँछ । यसै गरी यसको सेवनले रक्तचाप नियन्त्रणमा आउँछ । एक वैज्ञानिक अनुसन्धानका अनुसार काजुबाट बनेको सप्लिमेन्टले सिस्टोलिक ब्लड प्रेसर कम गर्न सक्छ ।
पाचनको समस्या हुनेहरुको लागि पनि काजु लाभदायिक मानिन्छ । यसमा हुने फाइबरले हाम्रो पाचन प्रक्रिया ठिक राख्छ । जसले गर्दा कब्जियत तथा अल्सर जस्ता समस्या हुँदैन । काजुमा हुने म्याग्नेसियमले मस्तिष्कलाई स्वस्थ राख्छ । काजुमा भिटामिन–ई र एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले शरीरलाई मात्र नभइ छाला र कपाललाई सेमत स्वस्थ राख्छ ।
छालामा काजुको फेस प्याक बनाएर लगाउँदा यसले छालामा अझ निखार ल्याउँछ । काजुले छालालाई सूर्यको हानिकारक किरणहरूबाट पनि जोगाउँछ । काजूमा म्याग्नेसियम, जिंक, आइरन र फस्फोरस जस्ता पोषक तत्वहरू पाइन्छ जुन कपालको पोषणको लागि महत्वपूर्ण छ । यसले कपाललाई पोषण दिनुका साथै कपाललाई बलियो बनाउन मद्दत गर्छ ।
दिनमा कति काजु खाने ?
विशेषज्ञका अनुसार एक दिनमा ६ देखि ७ वटा काजु खान सकिन्छ । अत्यधिक काजु सेवनले स्वास्थ्यमा हानिकारक असर पुर्याउँछ । यसले फाइदाकाे सट्टा बेफाइदा गर्छ । त्यसैले काजुकाे मात्रा जानेर खानु उचित हुन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया