अखिल क्रान्तिकारीले जित्यो ल क्याम्पसको सभापति

काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।
सत्तारूढ दलनिकट विद्यार्थी संगठन गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएकामा सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका हुन् । ढुंगेलले ५९१ मत हासिल गरेर जित दर्ज गराउँदा अनेरास्ववियुका कैलाश तामाङ ५३९ मतमा स्तब्ध बने ।
सचिवमा नेविसंघका मनोज सिंह, कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ विजयी भएका छन् ।
७ सदस्यका लागि भएको निर्वाचनमा ५ अनेरास्ववियुले जितेको छ ।
प्रतिक्रिया