यू–१७ महिला साफ आजदेखि, पहिलो खेलमा नेपाल–भारत भिड्दै
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसँगै आयोजक बंगलादेश, भारत, भुटान र रसियाको सहभागिता रहनेछ । खेल राउण्ड रोबिनका आधारमा हुनेछ ।
नेपाली समयअनुसार, दिउँसो ३ बजे हुने खेलमा नेपालले भारतीय टोलीको सामना गर्दैछ । नेपाल प्रतियोगिताको सुरुवातमा जित निकालेर अघि बढ्न चाहन्छ । भारत पनि यो खेलको अधिकतम उपयोग गरेर जित निकाल्ने पक्षमा छ ।
आजै आयोजक बंगलादेश र भुटानबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
को–को छन् नेपाली टोलीमा ?
गोलकिपर– सुजता तामाङ, राधिला ओली, करुण बुढाथोकी
डिफेन्डर– अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बू
मिडफिल्डर– माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड दीपा रोकाया, वर्षा ओली, सेनु परियार
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया