बायरसँग बायर्न स्तब्ध
काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिख पराजित भएको छ ।
बायर लिभरकुसेनसँग प्रतिस्पर्धामा उत्रिएको बायर्न २–१ को गोलअन्तगरमा स्तब्ध बनेको हो ।
खेलको २२ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा एक्सेक्वेल पलासिओसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७३ औं मिनेटमा एक्सेक्वेलले पुनः पेनाल्टीबाटै दोस्रो गोल गरे जुन बायरका लागि निर्णायक रह्यो ।
योसँगै बायरले ३७ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा ६ भने बायर्न ५२ अंकसहित दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया