२३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
आज जारी हुन लागेको उक्त ट्रेजरी बिलका लागि आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख ५ गते परिपक्व हुनेछ ।
त्यस्तै ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार ५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असोज २ गते परिपक्व हुनेछ । त्यस्तै ३६४ दिनको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत ६ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया