NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आइपिएलको १६ औं सिजनपछि धोनीले सन्यास लिन लागेका हुन् ?

काठमाडौं ।भारतीय क्रिकेटर एमएस धोनीले गत वर्ष चेन्नईमा समर्थकको भीडअघि उभिएर यो वर्षको प्रतियोगिता खेल्ने बताएका थिए । तथापि, उनको भविष्यलाई लिएर केही समयदेखि विभिन्न अनुमानहरू सार्वजनिक भइरहेका छन् ।

कतिपयले धोनीले यो सिजन खेल्ने बताइरहेका छन् त कतिपयले उनको जादुमय खेल हेर्न पाउनेमा संशय व्यक्त गरेका छन् ।

सिएसकेका फास्ट बलर दीपक चाहरलाई हालै यसबारे प्रश्न सोधिएको थियो । जसको उनले निकै रोचक जवाफ दिए  ।

उनले भने– कसैले पनि यो आइपिएल धोनीका लागि अन्तिम हुनेछ भनेका छैनन् । कम्तीमा उहाँ आफैंले पनि यसबारे केही बताउनु भएको छैन । आशा गरौं, उहाँले थप खेल्नुहुनेछ । हामी यस्तो अरू केही चाहँदेनौं, चाहन्छौं त उहाँले सकेसम्म धेरै खेल्नुहोस् ।’

कतिबेला सन्यास लिनुपर्छ भन्ने कुरा धोनीले राम्रोसँग जानेको पनि उनले बताए । साथै उनले धोनीको नेतृत्वमा खेल्न पाउनु सौभाग्य भएको स्पष्ट पारे ।  धोनी सम्पर्कमा रहेको र उनले आइपिएलमा ब्याटिङ गर्ने दाबी उनले गरे ।

के भन्छन् धोनी ?

धोनीले सन् २०२३ सिजनमा सिएसकेको नेतृत्व गर्नेछन् । गत वर्ष लामो समयपछि घरेलु दर्शकका अगाडि खेल्न पाउँदा उनले उत्साहित भएको बताएका थिए । उनले   भनेका थिए, अवश्य, यो चेन्नईमा खेल्नु जत्तिकै सरल छ र त्यहाँका फ्यानहरूलाई धन्यवाद नदिनु अनुचित हुनेछ। मुम्बई यस्तो ठाउँ हो जहाँ मैले एक टोली र व्यक्तिगत रूपमा धेरै माया र स्नेह पाएको छु । तर यो सिएसके फयनहरूका लागि राम्रो हुनेछेन ।’

‘आशा छ, अर्को वर्ष मलाई मौका मिल्नेछ, किनभने टोली फरक–फरक टिमसँग खेल्न विभिन्न ठाउँमा जानेछ । त्यसैले मैले सबै ठाउँमा फ्यानहरूलाई धन्यवाद भन्ने मौका पाउनेछु। यो मेरो अन्तिम वर्ष हो कि होइन, यो एउटा ठूलो प्रश्न हो । यसमाथि भविष्यवाणी गर्न सकिँदैन । तर अर्को वर्ष बलियोसँग फर्किंन पक्कै पनि मैले प्रयास गर्नेछु,’ उनको भनाइ थियो ।